Kathmandu Press

टेकुको कस्मेटिक पसलबाट २३ किलो पटाकासहित एकजना पक्राउ

काठमाडौं, कात्तिक १७ : काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सनी कस्मेटिक पसलका संचालक भारत मोतिहारी घर भएका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई करिब २३ किलोग्राम कोब्रा...
टेकुको कस्मेटिक पसलबाट २३ किलो पटाकासहित एकजना पक्राउ

काठमाडौं, कात्तिक १७ : काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सनी कस्मेटिक पसलका संचालक भारत मोतिहारी घर भएका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई करिब २३ किलोग्राम कोब्रा पटाकासहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनकै पसलबाट उक्त पटाका बरामद गरी उनलाई प्रहरीले पक्राउ गरेको हो। 

नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–११ डमार चोकमा वेवारिसे अवस्थामा रहेको १ सय २० थान मोरी अटो वम, ३० थान डिलक्स, ४० थान चक्का र २३ थान रकेट पटाका बुधबार बिहान प्रहरीले बरामद गरेको छ।

कार्टुनभित्र वेवारिसे अवस्थामा रहेको उक्त पटाका प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:११ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्