बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
कास्की, कात्तिक १७ : बुबाको हत्या गरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन्।पोखरा महानगरपालिका–७ घारिपाटन बस्ने ८५ वर्षीय जितबहादुर परियारको कुटपिट गरी हत्या गरेको...
कास्की, कात्तिक १७ : बुबाको हत्या गरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–७ घारिपाटन बस्ने ८५ वर्षीय जितबहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएपछि पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा जित बहादुरको मृत्यु भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:०३ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











