Kathmandu Press

करेन्ट लागेर दुईजनाको मृत्यु 

काठमाडौं, कात्तिक १७ : सुनसरी र मोरङमा करेन्ट लागेर एकएकजनाको मृत्यु भएको छ।    सुनसरीको रामधुनी नगरपालिका–८ डुम्राहा टोल बस्ने ४५ वर्षीय राज कुमार...
करेन्ट लागेर दुईजनाको मृत्यु 

काठमाडौं, कात्तिक १७ : सुनसरी र मोरङमा करेन्ट लागेर एकएकजनाको मृत्यु भएको छ।    

सुनसरीको रामधुनी नगरपालिका–८ डुम्राहा टोल बस्ने ४५ वर्षीय राज कुमार उराउको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ। आफ्नै घरभित्र मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

Hardik ivf

मोरङको सुनवर्षी नगरपालिका–९ खुनियाबारी बस्ने मोहमद सौखात मिँयाको छोरा ५ वर्षीय मोहमद इस्राउलको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ। 

खेल्दै जाने क्रममा सोही ठाउँमा चुडिएर भुइँमा खसेको विद्युतको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्