पार्टी परित्यागसँगै चन्द समूहका कार्यकर्ता रिहा
काठमाडाैं, साउन २९ : नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन्।
....

काठमाडाैं, साउन २९ : नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन्।
सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन्। गत वैशाख २३ गते पक्राउ परेका तामाङलाई जिल्ला कारागारमा राखिएको थियो।
जिल्ला प्रशासन कार्यालयमा आगामी दिन विप्लव समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएर विज्ञप्ति निकालेकापछि कारागारमुक्त गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।
प्रकाशित मिति: १६:०४ बजे, बुधबार, साउन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)