Kathmandu Press

बारामा १३ किलो गाँजासहित तीनजना पक्राउ 

बारा, कात्तिक १७ : बारामा १३ किलो गाँजासहित तीनजना पक्राउ परेका छन्।जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट करिब १३ किलो अवैध लागूऔषध गाँजासहित मकवानपुर...
बारामा १३ किलो गाँजासहित तीनजना पक्राउ 

बारा, कात्तिक १७ : बारामा १३ किलो गाँजासहित तीनजना पक्राउ परेका छन्।

जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट करिब १३ किलो अवैध लागूऔषध गाँजासहित मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने २३ वर्षीय सुमन रुम्बासमेत तीन जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

शंकास्पद अवस्थामा ना२ह ४४४४ नम्बरको अटोमा चढ्न गएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १५:५० बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्