Kathmandu Press

बादलको संयोजकत्वमा एमाले महाधिवेशन मूल व्यवस्थापन समिति

काठमाडौं, कात्तिक १७ : एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमाले १०औं राष्ट्रिय महाधिवेशनका लागि रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा मूल व्यवस्थापन समिति...
बादलको संयोजकत्वमा एमाले महाधिवेशन मूल व्यवस्थापन समिति

काठमाडौं, कात्तिक १७ : एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमाले १०औं राष्ट्रिय महाधिवेशनका लागि रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ।  

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार समितिका सहसंयोजक सुरेन्द्रप्रसाद पाण्डे र सचिव विष्णु रिमाल छन्।

Hardik ivf

सदस्यहरूमा अष्टलक्ष्मी शाक्य, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, रघुजी पन्त, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, शेरबहादुर तामाङ, विनोद श्रेष्ठ, आनन्द पोखरेल, देवी ज्ञवाली, सीता पौडेल, कपिल पोखरेल, लीला गिरी, दीपक देवकोटा, कृष्णभक्त पोखरेल र पार्वती रावल गरी २३ जना छन्।

महाधिवेशनको व्यवस्थित आयोजनासम्बन्धी कामलाई संयोजन गर्न निम्न बमोजिम जिम्मेवारी तोकिएको छः

प्रतिनिधि व्यवस्थापन – विष्णुप्रसाद पौडेल, संगठन विभाग
जनपरिचालन – सुरेन्द्रप्रसाद पाण्डे, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लीला गिरी, यामलाल कँडेल, आनन्दप्रसाद पोखरेल, दीपक देवकोटा, सीता पौडेल, देवी ज्ञवाली र कपिल पोखरेल । 
प्रचार –  योगेश भट्टराई
आर्थिक – विष्णु रिमाल
यातायात – काशीनाथ अधिकारी
आवास – कृष्णभक्त पोखरेल
स्वयंसेवक – विनोद श्रेष्ठ
खाद्य – कपिल पोखरेल/पार्वती रावल
मञ्च व्यवस्थापन – शेरबहादुर तामाङ
अतिथि सत्कार – डा. राजन भट्टराई
सांस्कृतिक – रघुजी पन्त/देवी ज्ञवाली
स्वास्थ्य – भानुभक्त ढकाल
कार्यालय – कपिल पोखरेल

आगामी बैठकमा सदस्यहरूको नाम प्रस्ताव गरी निर्णय लिने जनाइएको छ।

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्