Kathmandu Press

पर्यटन विकासका लागि सरकार गम्भीर : मन्त्री भट्टराई

काठमाडाैं, साउन २९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सा....

पर्यटन विकासका लागि सरकार गम्भीर : मन्त्री भट्टराई

काठमाडाैं, साउन २९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन्। 

नवनियुक्तमन्त्री भट्टराईलाई बुधबार मन्त्रालयमा बधाई दिन पुगेको नेपाल व्यापार संघको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन्। 

“सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ। यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ”, मन्त्री भट्टराईले भने,“पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ।” 

संघका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका थिए। रासस

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, साउन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्