समृद्ध प्रदेश बनाउने कार्यमा सरकार प्रतिबद्ध : मन्त्री कार्की
विराटनगर, कात्तिक १७ : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले समाजको अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीलाई आग्रह...
विराटनगर, कात्तिक १७ : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले समाजको अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिद्वारा आज मन्त्रालयमा आयोजित शुभकामना कार्यक्रममा उनले सत्य, तथ्य र यथार्थपरक समाचर सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरेका हुन्।
मन्त्री कार्कीले समाचारकै भरमा कसैलाई पनि आग्रह वा पूर्वाग्रह नराखी समान व्यवहार गनुृपर्ने उल्लेख गर्दै समृद्ध प्रदेश बनाउन र आम नागरिकले उच्चतम मौलिक अधिकार उपयोग गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। जनतालाई शान्ति सुरक्षाको सुनिश्चितता प्रदान गरी कसैलाई पनि अन्याय हुन नदिने बताउँदै उनले आफ्नो जिम्मेवारीलाई गहनपूर्वक पूरा गर्ने विश्वास दिलाए।
मन्त्री कार्कीले जनता र सरकारबीच पुलको काम गर्ने पत्रकारिता क्षेत्रले अझ जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए।











