जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
काठमाडौं, कात्तिक १७ : जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र तनहुँबाट ३५ जना पक्राउ परेका छन्। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ दुङ्गेधारास्थित ज्ञानु राईको टहरामा तास खेलिरहेको...
काठमाडौं, कात्तिक १७ : जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र तनहुँबाट ३५ जना पक्राउ परेका छन्।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ दुङ्गेधारास्थित ज्ञानु राईको टहरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय बिलास भट्ट लगायात ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ८ सय रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो
तनहुँको शुक्ला गण्डकी नगरपालिका–८ ढोरफेदी लालीम बस्ने बिल बहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय राजुभक्त पराजुली लगायत २९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलई नगद ९ लाख ११ हजार ४ सय ५ रुपैयाँ सहित पक्राउ गरेको हो।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
