मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ
कास्की, कात्तिक १७ : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन्। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा...
कास्की, कात्तिक १७ : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन्।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–८ जाल्पारोड बस्ने तनहुँ आबुखैरेनी गाउँपालिका–२ घर भएका २६ वर्षीय अर्जुन पन्त र पोखरा महानगरपालिका–१४ चाउथे बस्ने गोरखा गण्डकी गाउँपालिका–७ घ्यालचोक घर भएका २४ वर्षीय बिराज राना मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित संगिना खाजा घरमा महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सोही खाजा घरका संचालक अर्जुन र बिराजले एक महिलालाई जबरजस्ती मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा फेला पारी महिलाको उद्दार गर्नुका साथै उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुउपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
