Kathmandu Press

गृहमन्त्री खाणले गरे डुबान क्षेत्रको निरीक्षण

गृहमन्त्री खाणले गरे डुबान क्षेत्रको निरीक्षण

बैतडी, कात्तिक १७ : प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृह मन्त्री बालकृष्ण खाणले स्थानीय सिगास गाउँपालिका–५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गरेका छन्।

सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी आज यहाँ आएकन हुन्।

गत असोजको अन्तिम साता र यही कात्तिकको पहिलो हप्तामा आएको बाढीबाट ढुङ्गारमा सेती नदीबाट १२५ भन्दा घरबस्ती डुबानमा परेको थियो। ढुङ्गार पश्चिम सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्र पनि हो। 

निरीक्षणपछि गृह मन्त्री खाणले नदी डुबान क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले सम्पूर्ण रूपमा मद्दत गर्ने स्थानीयबासीलाई आश्वासन दिए।

उनले भने, ‘ढुङ्गार क्षेत्रस्थित सेती नदीमा बलियो तटबन्ध बनाएर डुबान प्रभावित क्षेत्रलाई सुन्दर र पर्यटकीयस्थल बनाइनेछ । रासस

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्