Kathmandu Press

देशमै रोजगारी सिर्जना गर्नुपर्छ : मन्त्री श्रेष्ठ

बारा, कात्तिक १७ : श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसन श्रेष्ठले रोजगारी आफनै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको बताएका छन्। बाराको...
देशमै रोजगारी सिर्जना गर्नुपर्छ : मन्त्री श्रेष्ठ

बारा, कात्तिक १७ : श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसन श्रेष्ठले रोजगारी आफनै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको बताएका छन्। 

बाराको कलैयामा आज नेकपा (एकिकृत समाजवादी) पार्टीको प्रचार विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमिकका लागि बारा, पर्सालाई  केन्द्रमा राखी सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने लक्ष्य लिएको बताए। 

अब पनि श्रमिकलाई दुःखको सामना गर्नु नपरोस् भन्ने अभिप्रायका साथ ठोस् नीति निर्माण गरी उनीहरुको हकहितको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । प्रचार विभागका प्रमुख रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका मन्त्री श्रेष्ठले निर्वाचनसम्म कुनै पनि हालतमा पाँच दलिय गठबन्धन कायम रहनेमा आफू आशावादी रहेको बताए।

प्रकाशित मिति: १३:१२ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्