Kathmandu Press

बाढीले भारतमा २०९ को मृत्यु

नयाँ दिल्ली, साउन २९ : भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ।

यसअघि नै मौसमी वर्षा....

बाढीले भारतमा २०९ को मृत्यु

नयाँ दिल्ली, साउन २९ : भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ।

यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी दुई सय नौ व्यक्तिको मृत्यु भएको छ। आगामी २४ देखि ४८ घण्टाभित्र  भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन्।

भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ।  उनीहरूलाई सरकारद्धारा सुञ्चालित शरणार्थी शिवीरहरुमा राखिएको जनाएको छ।

केरलामा गत वर्ष पनि भीषण बाढीले सताएको थियो। सन् २०१८ मा भारतमा बाढीको कारण करिब चार सय ५० व्यक्तिको मृत्यु भएको थियो।

हाल केरलामा यस भीषण बाढीको कारण ९५ व्यक्तिको मृत्यु हुनको साथै अन्य  ५९ व्यक्ति बेपत्ता भएका केरला प्रहरीले एएफपीलाई जानकारी दिएका छन्।

यसैगरी केरलाको छिमेकमा पर्ने कर्नाटक राज्यमा यस भीषण बाढीको कारण ४८ व्यक्तिको मृत्यु भएको छ। करिब ६ लाख ७७ हजार व्यक्तिलाई उद्धार गरिएको अधिकारीह्रुले जानकारी दिएका छन्।

पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा यस बाढीको कारण ६६ व्यक्तिको मृ्त्यु हुनको साथै लाखौ व्यक्तिलाई उद्धार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: १४:३० बजे, बुधबार, साउन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्