Kathmandu Press

डा.केसीको जीवनरक्षाका लागि बानेश्वरमा प्रदर्शन

काठमाडौं, माघ १७ : अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि दवाव दिन बानेश्वरमा प्रदर्शन गरिएको छ ।

नेपाल चिकित्सक संघको अगुवाईमा बानेश्वरम....

डा.केसीको जीवनरक्षाका लागि बानेश्वरमा प्रदर्शन
रिवाज राई

काठमाडौं, माघ १७ : अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि दवाव दिन बानेश्वरमा प्रदर्शन गरिएको छ ।

नेपाल चिकित्सक संघको अगुवाईमा बानेश्वरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको छ ।

२३ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । सरकारले उनीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेको छ ।

डा.केसीले अनसन जारी राखेका छन् । सरकारले यस अघि गरेको सहमति अनुसार, चिकित्सा शिक्षा विधेयक पारित नगर्दासम्म अनसन जारी राख्ने डा.केसीले जनाएका छन् ।

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, माघ १७, २०७५