Kathmandu Press

एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने

चितवन, कात्तिक १७ : नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने  भएको छ। मतदानका लागि एक सय  विद्युतीय उपकरण प्रयोगमा...
एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने

चितवन, कात्तिक १७ : नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने  भएको छ। मतदानका लागि एक सय  विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ। 

महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए। यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ। उनले भने, ‘मतदानपछि प्रिन्ट ग¥यो भने तीन घण्टा लाग्छ भनिएको छ। क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघिनै नतिजा आउँछ।’

Hardik ivf

विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताए। सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ। यसमध्ये १५ पदाधिकारी छन्। उनका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सात सचिव रहने व्यवस्था छ।

महाधिवेशनमा अहिले सम्मका अवस्थामा दुई हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ। महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ। महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने पार्टीले जनाइएको छ । 

सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ। बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा यहाँ सारिएको हो। महाधिवेशन आगामी मंसिर १० गते देखि १२ गते सम्म हुँदै छ।
 

प्रकाशित मिति: १२:३५ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्