Kathmandu Press

कार्यवाहक प्रधानमन्त्री खाँण गन्यापधुरामा

डडेल्धुरा, कात्तिक १७ : प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाले गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका छन् । उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर...
कार्यवाहक प्रधानमन्त्री खाँण गन्यापधुरामा

डडेल्धुरा, कात्तिक १७ : प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाले गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका छन् । 

उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिराबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाए। 

Hardik ivf

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे। यस क्षेत्रमा बाढीपहिराबाट झण्डै २५० घरधुरी जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत कटानमा परेको छ।

सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी यहाँ आइपुगेका हुन्।

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्