माथिल्लो तामाकोसीका कर्मचारीको आन्दोलन फिर्ता
दोलखा, कात्तिक १७ : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्नेलगायतका तीन...
दोलखा, कात्तिक १७ : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्नेलगायतका तीन बुँदे माग राख्दै कर्मचारीले यही कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थिए। आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भइसकेको बताए।
लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ।
प्रकाशित मिति: ११:४६ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
