Kathmandu Press

मुख्यमन्त्री पोखरेलद्वारा भेटेरीनरी अस्पतालको शिलान्यास

तनहुँ, कात्तिक १७ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको शिलान्यास गरेका छन्। प्रदेश सरकारका मन्त्रीत्रय मेखलाल श्रेष्ठ,...
मुख्यमन्त्री पोखरेलद्वारा भेटेरीनरी अस्पतालको शिलान्यास
Hardik ivf

तनहुँ, कात्तिक १७ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको शिलान्यास गरेका छन्। 

प्रदेश सरकारका मन्त्रीत्रय मेखलाल श्रेष्ठ, डोवाटे विक र बिन्दु थापाको उपस्थितिमा मुख्यमन्त्री पोखरेलले मङ्गलबार सो अस्पतालको शिलान्यास गरेका हुन्। सो अवसरमा उनले भावी दिनमा पशु उपचारका क्षेत्रमा अस्पतालले नमूनाका रूपमा काम गर्ने विश्वास व्यक्त गरे। भेटेरेनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा हाल पशु विज्ञ केन्द्र भएकै स्थानमा  निर्माण हुन लागेको सो भेटेरेनरी अस्पतालमा दुई प्रयोगशाला र २३ कोठा निर्माण गरिने छ। 

अस्पतालले पशुका लागि अत्यावश्यकीय शल्यक्रिया, थेरापी तथा आइसीयू र युएसजीसमेतका सेवा उपलब्ध गराउने छ। रु १० करोडको लागतमा मोडल भेटेरेनरी अस्पताल निर्माण हुन लागेको हो। उक्त अस्पताल तनहुँ र आसपासका जिल्लाको नमूना हुने केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए। उक्त भवनमा तालिम कक्ष, बैठक कक्ष र पुस्तकालयका अतिरिक्त आवाससमेत रहने छ। 

प्रकाशित मिति: ११:०८ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्