Kathmandu Press

ट्रकको ठक्करले पुल भाँचिएपछि ‘डाइभर्सन’

नवलपरासी, साउन २९ : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ....

ट्रकको ठक्करले पुल भाँचिएपछि ‘डाइभर्सन’

नवलपरासी, साउन २९ : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ। ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उनले बताए।

तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए,

पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उनको भनाइ छ।

आज बिहान ना ६ ख ४७१ नं.को ट्रक पुलमा ठोक्किँदा भाँचिएको थियो। पुल करिब दुई मिटर तल लच्किएको छ।

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, साउन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्