Kathmandu Press

बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान

डोटी, कात्तिक १७ : गत महिना लगातारको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ।प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर...
बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान

डोटी, कात्तिक १७ : गत महिना लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन्। बाढीपहिरामा ज्यान गुमाएकालाई प्रतिपरिवार दुई लाखका दरले रकम प्रदान गरिएको छ। जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण गरिने प्रजिअ विष्टले बताए।

Hardik ivf

सायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्माका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र भालुमेलाका देव डुम्रेलका परिवारका सदस्यलाई दुई लाख तथा वडा नं ६ अम्ततोडाका आशिष कुञ्जेडा र सागर कुञ्जेडाका बुवा दिलबहादुर कुञ्जेडालाई तीन लाख हस्तान्तरण गरिएको छ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले पीडित परिवारलाई भाँडाकुँडा, कम्बल र लुत्ताकपडा प्रदान गरेको छ। यस्तै शिखर नगरपालिका–११ मा बाढीपहिरामा परी मृत्यु भएकी मन्धरी वलायरका आफन्त, वोगटान गाउँपालिका–५ का मृतक चनरी नेपालीका श्रीमान् इन्द्र नेपालीलाई समेत राहत रकमको चेक हस्तान्तरण गरिएको छ।

जिल्लामा बाढीपहिरोबाट १५ जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन्। अहिलेसम्म कम्तीमा  रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रकाशित मिति: ०८:०५ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्