Kathmandu Press

महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ : सचिव भट्टराई

काठमाडौं, कात्तिक १६  नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताएका छन्।  महाधिवेशनको प्रचार योजनाबारे...
महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ : सचिव भट्टराई
Hardik ivf

काठमाडौं, कात्तिक १६  नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताएका छन्। 
 
महाधिवेशनको प्रचार योजनाबारे केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको छलफल कार्यक्रममा विभागका प्रमुख भट्टराईले महाधिवेशनको उद्घाटनमा पाँच लाखसम्म जनसमुदायको उपस्थिति गराउने तथा देश र विदेशमा समेत महाधिवेशनको सन्देश फैलाइने जानकारी दिए। उनले भने, ‘अहिले पार्टीभित्र अन्तरविरोध हुने खालका कुरा नगरौँ। पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ।’

उनले महाधिवेशनका लागि दस्तावेज प्रकाशनको तयारीमा रहेको र केन्द्र, जिल्ला, स्थानीय तह र जनसङ्गठनले प्रतिनिधि छनोट र प्रचारात्मक कार्यको थालनी गरेको जानकारी दिए।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीबारे जानकारी दिन एमालेले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दैछ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार मात्रै महाधिवेशनस्थल नारायणी किनारको अवलोकन गरेका थिए। एमालेले गत असोजमा विधान महाधिवेशन सम्पन्न गरिसकेकाले दशौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित मिति: २१:५० बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्