Kathmandu Press

कैफियत देखिएपछि क्वालिटी खानेपानी उद्योग शिल

कैफियत देखिएपछि क्वालिटी खानेपानी उद्योग शिल

काठमाडौं, कात्तिक १६ : बजार अनुगमन गर्दा कैफियत देखिएपछि आज काठमाडौँको गोकर्णेश्वरमा रहेको क्वालिटी खानेपानी उद्योग प्रालिमा शिल गरिएको छ। 

प्रयोगशाला प्रतिवेदन निर्देशिकाबमोजिम उद्योग सञ्चालन भएको नदेखिएपछि उक्त कैफियत सुधारेर अभिलेख तयार गरी प्रचलित मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्री वितरण गर्ने गरी उद्योगमा शिल गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। 

Hardik ivf

सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वमा आज गएको बजार अनुगमन समितिले उक्त उद्योगको मेसिनबाट पानी चुहिएको, जार सरसफाइ कक्ष सन्तोषजनक नभएको, मेसिनरी तथा उपकरण मर्मतसम्भार गर्ने अभिलेख नराखेको, प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिक, २०७४ को अनुसूचीको बुँदा १० मा उल्लेखित अभिलेख नराखेको पाइएको समितिले जनाएको छ। 

पुराना जार नष्ट गरी खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ बमोजिम प्रयोगशाला परीक्षणको लागि नमूना सङ्कलनसमेत गरिएको जनाइएको छ।

प्रकाशित मिति: २०:३१ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्