Kathmandu Press

राखेप सदस्य सचिवको जिम्मेवारी ढकाललाई

काठमाडौं, कात्तिक १६ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णुराज ढकाललाई दिइएको छ। युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त...
राखेप सदस्य सचिवको जिम्मेवारी ढकाललाई

काठमाडौं, कात्तिक १६ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णुराज ढकाललाई दिइएको छ।

 युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को व्यवस्था नहुँदासम्मका लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । 

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्