Kathmandu Press

अवैध रुपमा तस्करी गरेको सुनसहित १ जना पक्राउ

काठमाडौं, कात्तिक १६ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका सुनका गहना प्रहरीले बरामद गरेको छ। तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको...
अवैध रुपमा तस्करी गरेको सुनसहित १ जना पक्राउ
Hardik ivf

काठमाडौं, कात्तिक १६ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका सुनका गहना प्रहरीले बरामद गरेको छ। तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसरवाट खटिएको प्रहरी टोलिले मंगलबार १५० ग्राम सुन बरामद गरेको हो। 

बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी भित्र्याइएको सुनको चुरा बरामद गरेको हो। प्रहरीले गोल्डेन गेटको ईलाकाबाट सन्जिव दासको साथबाट सुनको चुरा फेला पारी महानगरीय प्रहरी वृत्त गौशालामा आवश्यक कारवाहीको लागि बुझाएको जनाएको छ। 

प्रकाशित मिति: १९:४१ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्