नेकपा सचिवालय बैठक फेरि स्थगित
काठमाडौं, साउन २९ः नेकपाको आज अपरान्ह ३ बजे बस्ने भनी डाकिएकाे केन्द्रीय सचिवालय बैठक तयारी नपुगेको भन्दै भोलिसम्मका लागि स्थगित गरिएको छ । पार्ट....

काठमाडौं, साउन २९ः नेकपाको आज अपरान्ह ३ बजे बस्ने भनी डाकिएकाे केन्द्रीय सचिवालय बैठक तयारी नपुगेको भन्दै भोलिसम्मका लागि स्थगित गरिएको छ । पार्टी स्कुल विभागमा सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबीका कारण बैठक नेकपा एकीकरण प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार बैठक भोलि बस्ने गरी स्थगित गरिएको हो । केहीबेरअघि स्कुल एमाले पूर्वअध्यक्ष समेत रहेका पार्टी वरिष्ठ नेता झलनाथ खनालले आज पनि पार्टी स्कुल विभागको विवाद हल नहुने बताएका थिए ।
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार दिउँसो अनाैपचारिक छलफल हुँदा कुरा नमिलेपछि बैठक विहिबारका लागि सारिएको हाे ।
नेकपामा ३३ विभाग छन् । यस्तै २२ जनवर्गीय संगठनको इन्चार्ज पनि तोकिने छन् । जनवर्गीय संगठनका इन्चार्जमा पूर्व एमाले र पूर्व माओवादीबीच भागबन्डा भएको छ ।
यस्तै पूर्व एमालेको भागमा नीति प्रतिष्ठान सहित १८ र पूर्व माओवादीको भागमा १४ विभागको नेतृत्व गर्ने सहमति यसअघिनै भैसकेको छ । तर, स्कूल विभाग कसकाे भागमा भन्नेबारे विवाद कायमै छ ।
पार्टी स्कुल विभागमा साविक एमाले महासचिव पोखरेल र माओवादी केन्द्रका उपाध्यक्ष श्रेष्ठले दाबी गर्दै आएका छन् । पोखरेललाई कुनै पनि हालतमा दिन नहुने, बरु विकल्प आएमा सोच्न सकिने अडान साविक माओवादी पक्षले राख्दै आएकाे थियाे । आज प्रचण्डले स्कुल विभाग छाड्न लिचलाे भएकाे बताएकाे स्राेतकाे दाबी छ।
प्रधानमन्त्री ओलीमाथि पनि माओवादीलाई नछाड्न उनकाे पक्षकाे दबाब छ । साविक एमालेकाे माधवकुमार नेपाल खेमाले पनि ईश्वर पाेखरेललाई नदिन दबाब बढाएपछि बैठक बस्न नसकेकाे हाे ।
वरिष्ठ नेता झलनाथ खनालले स्कुल विभाग प्रमुखको जिम्मा आफूलाई दिएमा स्वागत गर्ने बताइसकेका छन् । त्यसबाहेक साविक एमालेका उपमहासचिव एवम् नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि उक्त पदमा दाबी गरेका छन् । उनको पक्षमा पार्टीभित्रै र बाहिर पनि समर्थन देखिएको छ । अर्का नेता बेदुराम भुसालले पनि स्कुल विभाग प्रमुखकाे दाबी गरेका छन् ।

-1784896419.png)









