Kathmandu Press

गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

काठमाडौं, कात्तिक १६ : पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी...
गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

काठमाडौं, कात्तिक १६ : पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ।

गलत मनसायका साथ बीमा दाबी भुक्तानी परेको भन्ने व्यापक गुनासो आएपछि समितिले आज एक सूचनामार्फत गलत काम नरोकिए कारबाही गर्ने चेतावनी दिएको हो। ठगी गर्ने नियमतले बीमा दाबी भुक्तानी गर्ने प्रयास भएको पाइएकाले समितिले चेतावनी दिँदै भनेको छ, ‘बीमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा बेहोरा पेश गरी ठगीलगायतका कसुर गर्ने गरेको पाइएको छ।’

Hardik ivf

कीर्ते कागजातका आधारमा बीमालेख तयार गर्ने तथा हुँदै नभएका घटनाको समेत गलत विवरण पेश गरी ठगी गर्ने नियतका साथ भुक्तानीको प्रयास भइरहेको पाइएको समितिले जनाएको छ। समितिले कानूनविपरीतका त्यस्ता प्रयासले बीमा व्यवसायमा नकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै यस क्षेत्रप्रति जनविश्वास घटन नदिन सरोकार भएका सबै पक्षको ध्यानकर्षण गराएको छ।

गलत क्रियाकलपामा संलग्न नहुन बीमा कम्पनी, कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयरलगायतलाई समितिले आग्रह गरेको छ। 

प्रकाशित मिति: १८:४६ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्