Kathmandu Press

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देही तिलोत्तमा नगरपालिका–३ सीता राइस मिलस्थित सडकमा लु२ख ३३१६ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ६८ वर्षीया प्रेमकुमारी आचार्यको मंगलबार बिहान मृत्यु भएको छ।
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देही, कात्तिक १६ : तिलोत्तमा नगरपालिका–३ सीता राइस मिलस्थित सडकमा लु२ख ३३१६ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ६८ वर्षीया प्रेमकुमारी आचार्यको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका टिपर चालकको खोजी भइरहको प्रहरीले जनाएको छ ।

Hardik ivf

यस्तै, सुनसरी कोशी गाउँपालिका–३ पश्चिम कुसाहा बस्ने मेहरमान मियाका छोरा १० वर्षीय सोएल मंसुरीको आफ्नै घरको छतबाट लडेर मंगलबार बिहान मृत्यु भएको छ । खेलिरहेको अवस्थामा लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरीकै धरान उपमहानगरपालिका–१७ बिजुवामार्गकी १९ वर्षीया प्रमिला विक आफ्नै कोठामा सुतिरहेको अवस्थामा मंगलबार मृत फेला परेकी छन् ।

प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्