विभिन्न ठाउँबाट लाखौँका पटाका बरामद
प्रहरीले देशका विभिन्न ठाउँबाट लाखौँ मूल्यका पटाका बरामद गरेको छ ।
काठमाडौं, कात्तिक १६ : प्रहरीले देशका विभिन्न ठाउँबाट लाखौँ मूल्यका पटाका बरामद गरेको छ ।
मोरङ सुनवर्षी नगरपालिका–६ खरेबारीमा अवैध रूपमा भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको ३८ बन्डल नागिन पटाका, ७ बन्डल रकेट बम ५० प्याकेट फुलझरी, ५० प्याकेट ग्राउड चक्र र ७ प्याकेट बुलेट बम गरी करिब १ लाख रुपैयाँ मूल्यबराबरको पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
बाँके नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहमा अवैध रूपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याएको करिब ६० हजार रुपैयाँबराबरको चार कार्टुन पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
मोरङकै विराटनगर महानगरपालिका–१५ झमेली चोकमा अवैध रूपमा भारतबाट नेपालतर्फ लुकाई ल्याउँदै गरेको करिब १९ हजार रुपैयाँबराबरका विभिन्न किसिमका पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
यस्तै, सर्लाही पर्सा गाउँपालिका–२ स्थित नेपाल–भारत सीमानजिकबाट करिब १० हजार रुपैयाँ मूल्यबराबरको २ बोरा विभिन्न पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
