Kathmandu Press

गैंडाको खागजस्तो वस्तुसहित दुई पक्राउ

गैंडाको खागजस्तो ९ सय ग्रामबराबरको एक थानसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
गैंडाको खागजस्तो वस्तुसहित दुई पक्राउ
Hardik ivf

काठमाडौं, कात्तिक १६ : गैंडाको खागजस्तो ९ सय ग्रामबराबरको एक थानसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१० की ३४ वर्षीया फूलमाया विक र काठमाडौं तार्केश्वर नगरपालिका–६ धर्मस्थलीका २८ वर्षीय सुसन सुनार छन् ।

काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट उनीहरू पक्राउ परेका हुन् । उनीहरूमाथि आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाइने केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: १७:३१ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्