Kathmandu Press

अवरुद्ध विद्युत सेवा टालटुल गर्दै सञ्चालन

सिमकोट, कात्तिक १६ : हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र डेढमहिनादेखि अन्धकारमय बनेको छ। सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्र...
अवरुद्ध विद्युत सेवा टालटुल गर्दै सञ्चालन

सिमकोट, कात्तिक १६ : हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र डेढमहिनादेखि अन्धकारमय बनेको छ। सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्र र यहाँको उपभोक्ता समितिको लापरबाहीले सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकाका सेवाग्राहीले अन्धकारमा बस्नुपर्ने बाध्यता छ।

गत भदौ अन्तिम महिनादेखि अवरुद्ध बनेको विद्युत् समयमै मर्मत नहुँदा त्यहाँका दुई हजार ३००भन्दा बढी सेवाग्राहीले समस्या भोग्नु परेको हो। पावर हाउस नजिकै रहेको ओभरफ्लो तथा विद्युत् गृहको फर्बेमा बाढीपहिरोले क्षति पु¥याएकाले  विद्युत् सेवा झण्डै दुई महिनादेखि बन्द छ।

Hardik ivf

विद्युत् गृहको फर्बेमा केही मात्रामा मर्मत गरिए पनि पहिराले ढाकेको भाग पूरै मर्मत हुन सकेको छैन। पहिराले ढाकेको भाग मर्मत गर्न अझै समय लाग्ने भएको नेपाल विद्युत् प्राधिकरण हेल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए। उनले भने, ‘पूरै भाग मर्मतका लागि बजेट र सामग्रीको अभाव छ, अहिले केही मात्रामा मर्मत गरेर अस्थायी रुपमा विद्युत् सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।’

पहिराले ढाकेकोे क्यानलसहित अन्य भाग मर्मत गर्न धेरै खर्च लाग्नाका  साथै  मर्मतमा बढी समय लाग्ने उनले बताए। पहिराले क्षति पु¥याएको फर्बेमा झण्डै ३६५ थान ग्याबिन आवश्यक पर्ने देखिएको प्रमुख ऐडीले बताए। मर्मतका नाममा हेल्दुम वितरण केन्द्रको आयोजनाले बर्सेनि करोडभन्दा बढी खर्च गरिसके पनि दिगो बनाउन नसक्दा सेवाग्राहीले सास्ती खेप्नु परिरहेको हो।

यस पटकको मर्मतका लागि रू २५ लाख बजेट विनियोजन भइसकेको जानकारी प्राप्त भएको छ । एक पटक विद्युत् अवरुद्ध हुँदा रू २० लाखभन्दा बढी खर्च लाग्ने गरेको छ। वैशाखयतादेखि दुई पटक मर्मत भइसकेको छ । आयोजनाको सामग्री पुरानो भएका कारण पटक–पटक मर्मत गर्नुपरेको हो।

आयोजनाको विभिन्न स्थानमा रहेका क्यालन चुहिने अवस्थामा छ। मर्मतको नाममा बजेट खर्च भए पनि क्यानल चुुहिने भएका हुन्। विद्युत् गृहको फर्वेमा अहिले प्लास्टिकका पोलिथिङ पाइप जडान गरिएकाले हिउँदमा बरफ जम्ने र  फुटेर विद्युत बन्द हुने सम्भाबनाले  फेरि सेवाग्राही अन्धकारमा बस्दै आउनुपर्ने देखिएको छ।

 

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्