Kathmandu Press

ट्यांकर फस्दा केआईसिंह राजमार्ग अवरुद्ध

डोटी, कात्तिक १६ : डोटी–डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ। आज दिउँसो उक्त राजमार्गको रडुवामा ट्यांकर फसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक...
ट्यांकर फस्दा केआईसिंह राजमार्ग अवरुद्ध

डोटी, कात्तिक १६ : डोटी–डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ। आज दिउँसो उक्त राजमार्गको रडुवामा ट्यांकर फसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ।

गत असोज अन्तिम साताको अविरल वर्षाका कारण आएको बाढीपहिराले उक्त राजमार्गको रडुवा खोलामा पहिरो आउँदा सडक पूर्णरुपमा बगाएको थियो। बगाएको सडक लामो प्रयासपछि निर्माण गरी एकतर्फी रुपमा मात्रै गाडी सञ्चालन भइरहेकामा आज  ट्यांकर फसेपछि राजमार्ग अवरुद्ध भएको हो।

Hardik ivf

यहाँका पहाडी जिल्लाका लागि इन्धन बोकेर आएको ट्याङ्कर फसेको हो। ट्यांकर फसेपछि अहिले उक्त राजमार्गमा तराईबाट पहाड तथा पहाडबाट तराई जान हिँडेका सयौँ सवारी साधन तथा यात्रु अलपत्रमा परेका बताइएको छ।

 

प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्