Kathmandu Press

भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या

जाजरकोट, कात्तिक १६ : एकहत्तर वर्षीया धनसरी थापाले सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताइन्।उनलाई घरबाट...
भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या

जाजरकोट, कात्तिक १६ : एकहत्तर वर्षीया धनसरी थापाले सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताइन्।

उनलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो। राम्रोसँग टाढा देख्न नसक्ने उनलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको छ। आउँदा, जाँदा बाटोमा उनका करिब चार हजारभन्दा बढी रुपैयाँ खर्च भइसकेका छन्।

बूढो शरीर, आधा बाटो हिँडेरै आएको र आधाबाट गाडीमा आएको भन्दै उनले भनिन्, 'घरघरमा लिएर बुझाएको भए राम्रो हुने थियो। धेरै दुःख पाइने गर्छ। पहिला पहिला घरमै बुझाउँथे तर बीचमै आधार रकम आफूले खाएर हामीलाई दिएको पनि थाहा पायौं, बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो।'

Hardik ivf

यहाँका ज्येष्ठ नागरिक, एकल महिलाहरुको काम सोमबारसमेत पूरा नभएपछि मङ्गलबार हुने आश गरेको अर्की कुमारी विकले बताइन्।

उनले भनिन्, 'हाम्रो छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता बुझाएका थिए, हामीलाई पनि त्यस्तै गरेको भए राम्रो हुने थियो। आउँदा, जाँदा धेरै दुःख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ।'

नलगाडको सबभन्दा टाढाको वडाका रूपमा रहेको वडा नं ११, १२ र १३ रहेको छ।

डोल्पाको सीमानासँग जोडिएका यी वडामा बसोबास गर्ने सर्वसाधारणलाई पालिकाको मुकामसम्म आउन र जानमात्र दुई दिनभन्दा बढी लाग्छ।

सम्बन्धित व्यक्तिबाहेक अरू आएमा बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफैं रकम लिन आउनु परेको स्थानीयबासी हस्त कामीले बताए।

जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने यी ठाउँ दुर्गम मध्येमा पर्दछन्। सामाजिक सुरक्षा भत्ता बुझ्न आउने सबै नागरिकलाई चार, चार महिनामा दुःख बैंक आउँदा समस्या हुने गरेको छ।

नगरपालिकाबाट वितरण हुँदै आएको पोषण भत्तासमेत पूरा नपाएको उनीहरूका गुनासो छ।

त्यस्तै, पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणहरूसमेत सदरमुकाम आएर भत्ता बुझ्ने गरेका छन्। जिल्लाको टाढा मध्येको पालिका जुनिचाँदेसमेत पर्दछ। पालिकामा बैंक स्थापना नहुँदा सदरमुकाम आएर सबै कारोबार गर्नुपरेको छ। रासस
 

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्