Kathmandu Press

आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं, कात्तिक १६ : ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारवाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३...
आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं, कात्तिक १६ : ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारवाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ति ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमबीच खादा ओढाएर सम्मान गरेको हो।

सम्मानित हुनेमध्ये २० जना ट्राफिक प्रहरीलाई नगद सहित वृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ।

Hardik ivf

यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीहरूमासमेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाएको छ। प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पुरस्कृत हुने ट्राफिक प्रहरीले प्रलोभनमा पार्न खोज्ने ३२ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको भट्टराईले बताए।

नगद पुरस्कारसहित सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक रामकृष्ण देवकोटासहित प्रहरी नायव निरीक्षक पुरुषोत्तम ढकाल, प्रहरी सहायक निरिक्षकहरू रामेश्वर उप्रेती, अमर बहादुर लुहार र कमलदेव यादव, प्रहरी हवल्दारहरू प्रविण कान्त झा, अशोक कुमार दवल, मुकेश  प्रसाद कुसवाह, एक्क बहादुर रोकाया गोबिन्द सिंह सिख, शिव नारायण चौधरी, द्रोण प्रसाद पाण्डे र शम्भु नारायण प्रसाद यादव साथै प्रहरी जवानहरु रमेश गिरी, राजेन्द्र चमार हरिजन, मेखराज जोशी, गणेश भारती, बिरेन्द्र सिंह भाट, नविन भाट, कृष्ण बहादुर शाही, आकाश खनाल, नन्दराज भट्ट, सुजन श्रेष्ठ, नर बहादुर बोगटी, विनोद गिरी, गणेश ओझा, केशव बिष्ट, अभिनाश पण्डित, बिष्णु अर्याल, अजय मण्डल, विजय सिंह ऐर, युवराज कटुवाल र टेक बहादुर भण्डारीलाई पनि खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ।

गत आर्थिक वर्षमा आर्थिक प्रलोभनमा पार्न खोज्ने १६६ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ११३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो।

सोही अभियानलाई थप प्रभावकारी बनाई चालु आर्थिक वर्षको छ महिनामा १०९ जना चालकहरुलाई पक्राउ गर्ने ८३ जना ट्राफिक प्रहरीलाई पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्