ओली लास्टै गफाडी : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई ‘लास्टै गफाडी’ संज्ञा दिएका छन्।
रौतहट, कात्तिक १६ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई ‘लास्टै गफाडी’ संज्ञा दिएका छन् ।
गृहजिल्ला रौतहटमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले भने, ‘उनी लास्टै गफाडी हुन् । उनका कुराहरू टिपोट गर्दै जानूस् । बोलेका के के कुरा पूरा गरे ? ओलीजी गफाडी नम्बर वान हो । उनले घर–घरमा ग्यास बाल्दिसके । पानीजहाज चलाइसके । जहाजको टिकट काटिसक्नुभयो होला । अब त्यो टिकटको पैसा फिर्ता माग्नूस् ।’
नेपालले थपे, ‘ओलीजी त चन्द्रमा पुगिसक्नु भयो । अब केही बाँकी छैन् ।’
सर्वोच्च अदालतमा अहिले देखिएको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केलगत्रै पाँच दलको बैठक बसेर निकास दिइने उनले बताए । अदालतमा देखिएको समस्या पनि तत्कालीन प्रधानमन्त्री ओलीकै उपज भएको उनले बताए ।
प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











