आज पनि बन्दीप्रत्यक्षीकरण मुद्दामा मात्र सुनुवाइ हुने, प्रधानन्यायाधीश इजलासविहीन
काठमाडौं, कात्तिक १६ : सर्वोच्च अदालतमा आज पनि न्यायाधीशहरुले सीमित मुद्दा मात्र हेर्ने भएका छन्। बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ हुने र अन्य मुद्दाको...
काठमाडौं, कात्तिक १६ : सर्वोच्च अदालतमा आज पनि न्यायाधीशहरुले सीमित मुद्दा मात्र हेर्ने भएका छन्। बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ हुने र अन्य मुद्दाको सुनुवाइ नहुने भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरू आन्दोलित छन् । अघिल्लो आइतबारदेखि नै इजलास बहिष्कार गरेका उनीहरु हिजोबाट ससर्त इजलासमा फर्केका हुन्।
आजका लागि बन्दीप्रत्यक्षीकरणका ६ वटा मुद्दाको पेशी तोकिएको छ । तीमध्ये ४ वटा संयुक्त इजलासमा र २ वटा एकल इजलासमा पेसी तोकिएको छ।
तर प्रधानन्यायाधीश भने इजलासविहीन बसेका छन् । न्यायाधीशहरुले नै प्रन्या जबरालाई इजलास नबस्न भनेपछि जबराले आफ्ना लागि सोमबार र आज कुनै पनि मुद्दामा इजलास राखेका छैनन्।
प्रकाशित मिति: ११:४० बजे, मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











