Kathmandu Press

सुन तोलाको ९२ हजार

काठमाडौं, कात्तिक १६ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको...
सुन तोलाको ९२ हजार

काठमाडौं, कात्तिक १६ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको छ। पहेँलो धातु सोमबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहने छ जसको मूल्य सोमबार प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २५० रुपैयाँ कायम भएको छ।    

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

 

प्रकाशित मिति: ११:३४ बजे, मंगलबार, कात्तिक १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्