Kathmandu Press

तिहारमा घर जाने यात्रुलाई काठमाडौंका विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप

काठमाडौं, कात्तिक १६ : सरकारले तिहारमा घर जाने यात्रुहरूलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरेको छ।तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरूलाई लक्षित गर्दै...
तिहारमा घर जाने यात्रुलाई काठमाडौंका विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप

काठमाडौं, कात्तिक १६ : सरकारले तिहारमा घर जाने यात्रुहरूलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरेको छ।

तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरूलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्ष मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो।

आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलङ्की चोकमा यात्रुहरूलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको खोप शाखाका अनुसार खोपको कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ। खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ। खोप लगाउनका लागि यात्रुहरूले उमेर खुल्ने परिचय पत्र देखाउन आवश्यक रहेको शाखाले जनाएको छ।

 

प्रकाशित मिति: १०:२९ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्