Kathmandu Press

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

सोलुखुम्बु, कात्तिक १६ : जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन्। उनीहरु ६ दिनदेखि बेपत्ता छन्।जिल्ला...
हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

सोलुखुम्बु, कात्तिक १६ : जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन्। उनीहरु ६ दिनदेखि बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन्। उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए। तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेपछि खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ। एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भने सम्पर्कमा आएको कम्पनीले जनाएको छ।

 

प्रकाशित मिति: ०९:०९ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्