Kathmandu Press

भारतमा कार्यरत नेपाली युवक १३ दिनदेखि बेपत्ता

काठमाडौं, साउन २९ : भारतमा काम गर्दै आएका एक नेपाली युवक १३ दिनदेखि बेपत्ता रहेका छन्। उनको खोजीका लागि पहल गरिदिन परिवारजनले आग्रह गरेका छन्।

....
भारतमा कार्यरत नेपाली युवक १३ दिनदेखि बेपत्ता
काठमाडौं प्रेस

काठमाडौं, साउन २९ : भारतमा काम गर्दै आएका एक नेपाली युवक १३ दिनदेखि बेपत्ता रहेका छन्। उनको खोजीका लागि पहल गरिदिन परिवारजनले आग्रह गरेका छन्।

बाजुराको बुढीगंगा नगरपालिका–३ का ३६ वर्षीय खगेन्द्र खाती १३ दिनदेखि बेपत्ता भएका हुन्। उनी भारतको पुणे, भुगाउँस्थित एक होटलमा काम गर्दै आएका थिए।

उनी साउन १६ गतेदेखि कोठामा नफकेको आफन्तजनले बताएका छन्। खगेन्द्र वेपत्ता भएपछि परिवारजन चिन्तित बनेका छन्। उनीहरुले खगेन्द्रको खोजीका लागि पहल गरिदिन जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिएका छन्।

भारतमा हराएकाले खोजी गर्न समस्या भएको उनकी भान्जी आशा थापाले बताइन्। ‘नेपालमा भए त खोज्न सजिलो थियो तर, भारतमा कहाँ खोज्ने के गर्ने अप्ठ्यारो भएको छ,’ उनले भनिन्।

खगेन्द्र गाउँकै रतन थापा र रोशन थापासँग असारमा भारत गएका थिए। होटेलमा काम गर्दै आउका उनी साउन १६ देखि कोठामा नआएको परिवारजनलाई खबर आएको छ।

भारतमा रहेका आफन्तले प्रहरी कार्यालयमा उजुरी दिन खोजेको तर, भारतीय प्रहरीले नलिएको आशाले बताइन्। भारतीय प्रहरीले सहयोग नगरेपछि खोज्न समस्या भएको उनले बताइन्।

खगेन्द्रका परिवारले दूतावासमार्फत खोजीका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: ११:३८ बजे, बुधबार, साउन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्