बदेलसँग ठोक्कियो सीता एयरको जहाज
नेपालगञ्ज, कात्तिक १६ : आज बिहान सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ।नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको...
नेपालगञ्ज, कात्तिक १६ : आज बिहान सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ।
नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको जनाइएको छ। विमानस्थल स्रोतका अनुसार उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग ठोक्किएको हो।
जहाज बदेलसँग ठोक्किए पनि मानवीय क्षति भएको छैन। सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ।
अहिले धावनमार्गबाट जहाज हटाउन लागिएको छ। विमानस्थल सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ।
प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











