Kathmandu Press

कर्णालीमा मुख्यमन्त्री दाबी गर्न आज साँझ ७ः३० सम्म समय

वीरेन्द्रनगर, कात्तिक १६ : कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन्।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै...
कर्णालीमा मुख्यमन्त्री दाबी गर्न आज साँझ ७ः३० सम्म समय

वीरेन्द्रनगर, कात्तिक १६ : कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन्। नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आज साँझ ७ः३० बजेसम्मको समय दिइएको छ।

प्रदेश सचिव ठाकुरप्रसाद सिग्देलले दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेको जनाएका छन्।

नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। नेपाली कांग्रेस र माओवादीबीच गत वैशाखमा भएको सहमतिमा कात्तिक १५ गतेपछि सत्ता हस्तान्तरण गर्ने उल्लेख थियो।

त्यहिअनुसार, अब नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन्। उनले आजै दाबी पेश गर्ने जनाइएको छ।

प्रकाशित मिति: ०७:५२ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्