Kathmandu Press

केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठक : भीडभाड कम गर्न आग्रह

काठमाडौं, कात्तिक १५ : केन्द्रीय सुरक्षा समितिकोे अनौपचारिक बैठकले चाडबाडका समयमा भीडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई...
केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठक : भीडभाड कम गर्न आग्रह

काठमाडौं, कात्तिक १५ : केन्द्रीय सुरक्षा समितिकोे अनौपचारिक बैठकले चाडबाडका समयमा भीडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थितरूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकले सबै सम्बन्धित मन्त्रालय र निकायलाई मापदण्डलाई थप सजगताका साथ पालना गराउन आग्रह गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि निरौलाले जानकारी दिए ।

उनले लापरबाही गर्दा कोभिड बढेका विगतका अनुभवबाट पाठ सिक्नुपर्ने जनाउँदै हाल निषेधाज्ञा वा कुनै आदेश जारी भने नहुने बताए।

बैठकमा रक्षामन्त्री डा.मीनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा नारायण खड्का, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सामान्य प्रशासन तथा सङ्घीय मामिलमन्त्री राजेन्द्र श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: १९:०६ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्