कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुला
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशवासीका नाममा सम्बोधन गर्दै सोमबार साँझ पदबाट राजीनामा दिएका छन्।
सुर्खेत, कात्तिक १५ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशवासीका नाममा सम्बोधन गर्दै सोमबार साँझ पदबाट राजीनामा दिएका छन् ।
सोमबार साँझ प्रदेशवासीलाई विशेष सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । राजीनामाअघि प्रदेश मन्त्रिपरिषद् बैठक बसेको थियो ।
गत ३ वैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग भएको सहमतिअनुसार उनले राजीनामा दिएका हुन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न माओवादी केन्द्र र कांग्रेसले आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
उनी ५ फागुन ०७४ मा माओवादी केन्द्रबाट कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनको राजीनामापछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्न बाटो खुलेको छ ।
प्रकाशित मिति: १९:१५ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











