करेन्ट लागेर सुनसरीमा एकको मृत्यु
सुनसरी, कात्तिक १५ : इटहरी उपमहानगरपालिका–१२ स्थित शिव शक्ति हार्डवेयरमा काम गर्ने हाल वतन नखुलेका करिब २५ वर्षीय बलराम चौधरीको करेन्ट लागेर सोमबार बिहान...
सुनसरी, कात्तिक १५ : इटहरी उपमहानगरपालिका–१२ स्थित शिव शक्ति हार्डवेयरमा काम गर्ने हाल वतन नखुलेका करिब २५ वर्षीय बलराम चौधरीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।
उक्त हार्डवेयरमा काम गर्ने क्रममा ड्रिल मेसिनबाट करेन्ट लागेर अशक्त भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १८:०७ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












