पाँच दलका सांसदको हस्ताक्षरसहित प्रदेश-१ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी
पाँचवटा दलका सांसदको हस्ताक्षरसहित प्रदेश-१ का मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले नयाँ मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन्।
काठमाडौ, कात्तिक १५ : पाँचवटा दलका सांसदको हस्ताक्षरसहित प्रदेश–१ का मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले नयाँ मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।
मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृति गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै राईले पाँच दलका ४९ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन् ।
प्रस्तावित मुख्यमन्त्री राईलाई कांग्रेस २१, माओवादी केन्द्र १५ र एकीकृत समाजवादीका १०, जसपाका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसदको समर्थन छ । प्रदेश–१ मा बहुमत सरकार गठनका लागि ४७ सांसद आवश्यक हुन्छ ।

प्रकाशित मिति: १७:२० बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











