Kathmandu Press

सानीमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त

काठमाडौं, कात्तिक १५ : सानीमा बैंकको अध्यक्षमा तुकबहादुर पौडेल नियुक्त भएका छन्।आइतबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष रहँदै विनयकसमार श्रेष्ठको पदावधि समाप्त भएकाले...
सानीमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त

काठमाडौं, कात्तिक १५ : सानीमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन्।

आइतबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष रहँदै विनयकसमार श्रेष्ठको पदावधि समाप्त भएकाले सो पदमा पौडेललाई नियुक्त गरेको कम्पनी सचिव रुद्रप्रसाद बन्जाराले जानकारी दिए। 

आइतबार नै बैंकको १७औं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ। सो सभाले तुकप्रसाद पौडेल, गायत्री थापा र केशवप्रसाद आचार्यलाई सञ्चालक समिति सदस्यमा चयन गरेको छ। उनीहरूको पदावधि चार वर्षको हुने जनाइएको छ।

सभाले एसके पाण्डे एन्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त पनि गरेको  छ।  

प्रकाशित मिति: १६:५१ बजे, सोमबार, कात्तिक १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्