२४ घण्टामा देशभर ५३३ जनामा संक्रमण पुष्टि, ९ को मृत्यु
काठमाडौं, कात्तिक १५ : पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनाको कोरोना...
काठमाडौं, कात्तिक १५ : पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना संक्रमण पुष्टि भएको हो।
यही अवधिमा थप ४९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भइसकेका छन् छन्। नेपालमा निको हुने दर ९७.४ प्रतिशत पुगेको छ। अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको छ।
पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४१६ जना पुगेको छ।
थप ६५ हजार २८ जना कोरोनाविरुद्धको खोप पनि लगाएका छन्। खोप अभियान सुरु भएयता अहिलेसम्म १ करोड ५९ लाख २३ हजार ३०९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसमध्ये पूर्ण मात्रा लगाउने ७२ लाख ५३ हजार २८५ जना रहेका छन् भने कम्तीमा एक मात्रा लगाउने ८६ लाख ७० हजार २४ जना छन्।











