प्रदेश १ का मुख्यमन्त्रीले बुझाए राजिनामा
काठमाडौं, कात्तिक १५ : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा पत्र बुझाएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सोमबार अपरान्ह आचार्यले राजीनामा...
काठमाडौं, कात्तिक १५ : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा पत्र बुझाएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सोमबार अपरान्ह आचार्यले राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री आचार्यले सोमबार बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका थिए। त्यसलगत्तै उनी राजीनामा पत्र लिएर प्रदेश प्रमुख समक्ष गएका हुन्।
मुख्यमन्त्री आचार्य विश्वासको मत लिने तयारीमा थिए। तर विश्वासको मत नपाउने अवस्थामा भएपछि उनले सरकारका कामबारे प्रदेशसभा बैठकमा जानकारी गराएर राजीनामा दिएका हुन्।
उनी १० भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनीभन्दा अगाडि एमालेकै शेरधन राई मुख्यमन्त्री थिए। उनले राजीनामा दिएपछि बहुमतप्राप्त दलको नेताको हैसियतमा आचार्य मुख्यमन्त्री बनेका थिए।
अहिले प्रदेश १ मा ९२ सांसद छन्। जसमा एमालेका ४१ सांसद छन्। विश्वासको मत लिन आचार्यलाई ४७ संख्या आवश्यक थियो।












