कांग्रेससँगको सहमति कार्यान्वयनका लागि पदबाट राजीनामा दिँदै कर्णालीका मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ पदबाट राजीनामा दिने भएका छन् ।
काठमाडौं, कात्तिक १५ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिने भएका छन् ।
एक मन्त्रीका अनुसार सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री शाहीको राजीनामा आउने सम्भावना छ ।
आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेससँगको सहमतिका कारण शाहीले राजीनामा दिन लागेको ती मन्त्रीले बताए ।
उनको भनाइलाई आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले पनि पुष्टि गरिन् । कर्णाली प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी उनले आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेससँगको सहमतिअनुसार मुख्यमन्त्री शाहीको राजीनामा आउन लागेको जानकारी दिइन् ।
प्रकाशित मिति: १५:१६ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











