बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, कात्तिक १५ : बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १४:४५ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)